समाज


द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ समिति

द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ समिति

नेपालखबर
चैत २५, २०८० आइतबार १७:३, काठमाडौँ

नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पीजे क्लब, नेपालको अध्यक्षमा द्वारिका काफ्ले चयन भएका छन्।

आइतबार भएको क्लबको तेह्रौँ साधारणसभाबाट काफ्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन अधिवेशनका रुपमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

क्लबको उपाध्यक्षमा  कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भए।

यसैगरी सदस्यहरुमा सञ्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार  चयन भएका छन्। सदस्यमा चयन भएका बैजु नेपालखबरकर्मी हुन्। 

निर्वाचित समितिलाई आइतबारै एक समारोहबीच निर्वाचन समितिका संयोजक एआईपीएसका कोषाध्यक्ष तथा अधिवक्त निरञ्जन राजवंशी र संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाई तथा शुभकामना दिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ पनि उपस्थित थिए।

क्लबले फोटोपत्रकारहरूको क्षमता अभिवृद्धिका लागी विभिन्न कार्ययोजना गर्दै जाने अध्यक्ष काफ्लेले बताए। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरूको हकहितका लागी अझै सक्रिय भूमिका निभाउँदै जाने निर्णय पनि क्लबले गरेको छ।

कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई क्लबप्रतिको योगदानका लागि धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .