समाज


भद्रकालीमा भिक्षुमाथि लात्ती-मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही

भद्रकालीमा भिक्षुमाथि लात्ती-मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही

नेपालखबर
चैत २६, २०८० सोमबार १२:५७, काठमाडौँ

यही शनिबार काठमाडौंको भद्रकालीमा राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनका क्रममा बौद्ध भिक्षुहरूमाथि लात्ती-मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

महतो नेतृत्वको समूहले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा भएको थियो। त्यसपछि भिड नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई लखेट्ने क्रममा भिक्षुको भेषमा रहेका केही व्यक्तिमाथि लात्ती-मुक्का हानिएको थियो। 

भिक्षुको भेषमा रहेकाहरूलाई दुर्व्यवहार र कुटपिटमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीमा गरिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। 

भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको नक्सालले सोमबार जनाएको हो। 

प्रहरी प्रधान कार्यालयले त्यस प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना पुनरावृत्ति हुन नदिन गम्भीर रहेको जनाएको छ ।

शनिबार दिउँसो राजेन्द्र महतो र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो।

भद्रकालीमा निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा प्रहरीमाथि प्रदर्शनकारी जाइ लागेपछि बल प्रयोग गरिएको थियो। बल प्रयोगका क्रममा एकजना भिक्षुलाई लात्ती-मुक्का बर्साएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .