समाज


सशस्त्रको केन्द्रीय गोदाममा आगलागीः छानबिन गर्न एआईजी दाहालको नेतृत्वमा समिति

सशस्त्रको केन्द्रीय गोदाममा आगलागीः छानबिन गर्न एआईजी दाहालको नेतृत्वमा समिति

आगलागीस्थल निरीक्षणका क्रममा गृहमन्त्री रवि लामिछाने


नेपालखबर
चैत २६, २०८० सोमबार २०:३९, काठमाडौँ

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न कार्य विभागका प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो क्षति भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्थलगत निरीक्षणका लागि मन्त्रालय र काठमाडौं जिल्लाका सुरक्षा अधिकारीसहित पुगेका थिए।

सशस्त्रका अधिकारीहरूले बन्द रहने उक्त स्टोरमा विद्युत सर्ट भएर आगाे लागेकाे प्रारम्भिक जानकारी दिएका छन्। 

त्यसक्रममा गृहमन्त्रीले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट घटनाको जाँच गर्न निर्देशन दिएका थिए। उनले सशस्त्र प्रहरीलाई एक छानबिन समिति बनाउन पनि सुझाएका थिए।

लगत्तै सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले दाहालको नेतृत्वमा छानबिन समिति बनाएका हुन्। 

सशस्त्र प्रहरीले उक्त गोदाममा भएको क्षतिको विवरण सार्वजनिक गरिसकेको छैन। गोदाममा भीषण आगलागी भए पनि नजिकै रहेका बस्तीका अरु घर भने सुरक्षित छन्। 

सशस्त्र प्रहरीले यहाँ लत्ता कपडा, जुत्ता, मण्डी, म्याट्रेस र चुस्तासहितका सामान राखेको थियो। स्टोरका लागि मात्रै प्रयोग गरिने यो ठाउँमा सामान निकाल्दा मात्रै खोलिन्थ्यो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .