ad ad

समाज


सिन्धुलीमा एनसेलको टावरमा बम विस्फोट, घटनास्थलमा ‘जनमुक्ति सेना’को पर्चा

सिन्धुलीमा एनसेलको टावरमा बम विस्फोट, घटनास्थलमा ‘जनमुक्ति सेना’को पर्चा

नेपालखबर
चैत २९, २०८० बिहिबार ११:२, काठमाडौँ

सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट गराइएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालका अनुसार गएराति साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो। 

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा सामान्य क्षति पुगेको छ’, डीएसपी दाहालले भने, ‘वैकल्पिक उपायबाट मोबाइल सेवा अवरुद्ध भने हुन दिइएको छैन।’

डीएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ। ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन्। त्यसमा एनसेलले ठगी गरेको आरोप लगाइएको छ’, उनले भने। 

तर उक्त संगठन कुन पार्टी सम्बद्ध हो भन्ने थाहा नभएको उनले बताए। 

एनसेलको उक्त टावर नजिकै घर भएका मानिसले राति खबर गरेपछि प्रहरीले घटनास्थल पुगेको थियो। तर विस्फोट गराउने व्यक्ति अहिलेसम्म पहिचान हुन सकेको छैन। 

‘हामी खोजी गरिरहेका छौँ’, डीएसपी दाहालले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .