ad ad

समाज


भेरीमा बेपत्ता युवकको शव फेला

भेरीमा बेपत्ता युवकको शव फेला

नेपालखबर
बैशाख २, २०८१ आइतबार २१:३६, काठमाडौँ

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–३ स्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले आज (वैशाख २ गते) फेला पारेको छ।

जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–३ सीमा बस्ने २४ वर्षीय कमल बुढा गत चैत ३० गते उक्त नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोर सहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज  खोजिकार्यको लागि खटिएको थियो।

गोताखोरले आज दिउँसो २ बजे डुबेको ठाउँबाट अन्दाजी ५० मिटर तलबाट उनको शव बाहिर निकालेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .