समाज


दुर्गा प्रसाईंले अर्थतन्त्रका २७ समस्या औँल्याउँदै प्रधानमन्त्रीलाई दिए समाधानका सूत्र

दुर्गा प्रसाईंले अर्थतन्त्रका २७ समस्या औँल्याउँदै प्रधानमन्त्रीलाई दिए समाधानका सूत्र

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८१ मंगलबार २१:४५, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्थतन्त्रका २७ समस्या औँल्याउँदै समाधानका लागि सुझाव दिएको छ।

अभियानका तर्फबाट केन्द्रीय सचिवालय सदस्य हरि कार्की नेतृत्वको टोलीले आज प्रधानमन्त्रीको सचिवालयमा सुझावसहितको दस्तावेज बुझाएको हो।

बैंकको चर्को ब्याजदर नियन्त्रण गर्नुपर्ने, २० लाखसम्मको ऋण मिनाहा दिनुपर्ने, करनीति परिमार्जन गर्नुपर्नेलगायत छन्। 

आज ज्ञापनपत्र बुझाएको र समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएको कार्कीले नेपालखबरलाई जानकारी दिए। उक्त अवधिमा सरकारले ठोस पहल नगरेमा थप दबाबका कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ।

प्रसाईं समूहले कैलालीको लम्कीमा जेठ ५ गते, बाँकेको कोहलपुरमा जेठ ७ गते र पोखरामा जेठ ९ गते शक्ति प्रदर्शनसहित सभाको आयोजना गर्न लागेको पनि उनले जानकारी दिए। योसँगै जागरण अभियान समापन हुने र विद्रोहका नयाँ कार्यक्रम ल्याउने उनले बताए।

ज्ञापनपत्रको पूर्ण पाठ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .