ad ad

समाज


एआईजी मीरा चौधरी र सन्दीप भण्डारी यही साता अवकास हुँदै

एआईजी मीरा चौधरी र सन्दीप भण्डारी यही साता अवकास हुँदै

नेपालखबर
बैशाख २, २०८१ आइतबार २१:३७, काठमाडौँ

नेपाल प्रहरीमा यही साता दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी सन्दीप भण्डारी र प्रशासन विभाग प्रमुख मीरा चौधरी यहीसाताबाट अवकासमा जाने भएका हुन्।

दुवैजना एआईजी उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका हुन्। अवकास हुन लागेका एआईजी भण्डारी र चौधरी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरकै ब्याची हुन्।

नेपाल प्रहरीमा उमेर हद हेरफेर गर्ने र ३० वर्षे पनि हटाउने प्रक्रिया बिचमै रोकिएपछि उनीहरुको अवकास निश्चित भएको हो। नयाँ प्रहरी ऐन नबनेमा आईजीपीकै ब्याचका अन्य एआईजीहरु पनि उनीभन्दा पहिले नै अवकासमा जानेछन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपी भन्दा पहिले नै अवकास हुनेछन्।

आईजीपी कुँवर पहिलो नम्बरमा डीआईजी बढुवा हुँदा २०७९ असार ८ गते उनीहरु पनि बढुवा सिफारिस भएका थिए। त्यतिबेला ११७ जनालाई बढुवा गरिएकोमा तेस्रो नम्बरमा बढुवा भएका अशोक सिंह डीआईजीबाटै विदा भइसकेका छन्।

टेकप्रसाद राई आईजीपीसँगै आगामी चैतमा मात्रै अवकास हुनेछन्। हालका एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ पछिल्लो ब्याचका हुन्। उनीहरु मध्यबाट आगामी चैतमा आईजीपी बन्ने छन्।

तर आईजीपी कुंवरको अवकास अघि नै खालि हुने एआईजीमा भने उनीसँगै डीआईजी भएकाहरु प्रमुख दाबेदार हुन्। तर केही डीआईजीहरु भने उमेर हदकै कारण अवकासमा जानेछन्।

डीआईजी विकासराज खनाल यही वैशाख ७ गते अवकासमा जाँदैछन्। उमेशराज जोशी र पोषराज पोखरेलको पनि कार्यअवधि छोटो छ।

अब खालि हुने एआईजीमा हालका प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल प्रमुख दाबेदार हुन्। यस्तै सँगै डीआईजीमा बढुवा भएकाहरु रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा मध्येबाट पनि एआईजीमा बढुवा हुनेछन्।

नेपाल प्रहरीमा अहिले डीआईजी र एआईजीको उमेर हद ५६ वर्षे छ। उनीहरु ५६ वर्ष पुगेको दिनबाट अवकास हुनेछन्। तर उमेर बाँकी रहनेहरु ३० वर्षे सेवा अवधिका कारण आगामी चैतमा आईजीपीका ब्याचका सबै अवकास भइसक्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .