आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कंचन गाउँपालिका ५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्री रहेका छन्।
नारायणले बुटवल उपमहानगरपालिका ४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
135
Shares
प्रतिक्रिया