ad ad

समाज


भारतबाट आएको जहाजमा एक किलो सुन बेवारिसे

भारतबाट आएको जहाजमा एक किलो सुन बेवारिसे

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १९:५४, काठमाडौँ

भारतको राजधानी नयाँ दिल्लीबाट आएको एक जहाजमा एक किलो सुन बेवारिसे अवस्थामा भेटिएको छ।

बिहीबार बिहान ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको इन्डिगो एयरको उडान नं ६-ई-११५१ को जहाजमा उक्त सुन भेटिएको हो।

सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु सिक्री ३ वटा, सुनको बिस्कुट ६ वटा, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुका टुक्राहरू २ र सिक्री जोड्ने ससाना रिङ २ वटा फेला पारिएको प्रहरीले जनाएको छ।

यी सबै सामान टेपबाहेक कुल अन्दाजी १ किलो ७० ग्राम रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .