समाज


लागुपदार्थ खाएर गाडी चलाउने ६ चालक नागढुंगाबाट पक्राउ (नामावली)

लागुपदार्थ खाएर गाडी चलाउने ६ चालक नागढुंगाबाट पक्राउ (नामावली)

नागढुंगामा सवारी साधनका चालकको लापसे र मापसे परीक्षण गर्दै ट्राफिक प्रहरी र चिकित्सक


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १०:१, काठमाडौँ

लागुपदार्थ खाएर सवारी चलाएको आरोपमा प्रहरीले काठमाडौँको नागढुंगाबाट ६ जना सवारी चालकलाई पक्राउ गरेको छ।  

सवारी साधन चेकिङको क्रममा शुक्रबार ६ वटा सवारी साधनका चालकलाई लागुपदार्थ खाएकाे अवस्थामा पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा ना.६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइराला, बागमती प्रदेश-०१-०२९ च २८११ नम्बरको निजी माइक्रो बसका चालक २७ वर्षीय नरेश थापा, बागमती प्रदेश-०१-००४ क ३०३२ नम्बरको निजी माइक्रो बसका चालक २७ वर्षकै सुरज रम्तेल, बा. २ ख ७४७ नम्बरको भाडाको माइक्रो बसका चालक २२ वर्षीय सुमन खड्का, बा. ५ ख ९४२ नम्बरको भाडाको माइक्रो बसका चालक ३१ वर्षीय दल बहादुर राना र ना. ८ ख १५७५ नम्बरको भाडाको बसका चालक ४२ वर्षीय लोकराज केसी छन्।

उनीहरुलाई नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले पक्राउ गरेको हो। 

स्वास्थ्य जाँच गर्दा उनीहरुले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ। 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए। 

‘लागुपदार्थ खाएर सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुको जीवनसमेत जोखिममा पर्ने सम्भावना रहन्छ,’ श्रेष्ठले भने, ‘आफू सवार सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .