समाज


सिधाकुरा टिमको बयान सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा हुँदै

सिधाकुरा टिमको बयान सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा हुँदै

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १०:५२, काठमाडौँ

सिधाकुरा टिमले आज (बिहीबार) सर्वाेच्च अदालतमा बयान दिनुपर्ने भएको छ।

सिधाकुरा टिमसँग बयान लिन सर्वाेच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो।

‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।

यसअघि सर्वोच्चले सिधाकुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुराले टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो। 

पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वाेच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।

सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .