समाज


स्कुल बसमा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ को उपचार हुँदै

स्कुल बसमा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ को उपचार हुँदै

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १२:१०, काठमाडौँ

नुवाकोटको देवीघाटबाट गल्छी जाँदै गरेको स्कुल बसमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ। 

घाइतेको काठमाडौंको टिचिङ र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

नुवाकोटको गल्छी–त्रिशूली सडकखण्डमा बा३क ३७२२ नम्बरको अर्किड एकेडेमी स्कुलको बस देवीघाटबाट कासिटार जाँदै गर्दा मंगलबार मोडमा बा प्र.०२–०४६ प १५२९ र बा प्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

सो क्रममा जिल्ला अस्पताल त्रिशूलीमा चारै जनालाई उपचारका लागि पठाइएकामा २ को मृत्यु भएको र २ जनालाई टिचिङ रिफर गरिएको थियो।  

स्थानीय प्रहरीका अनुसार बाप्र.०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं बस्ने रुबिन रावल र सोही मोटरसाइकलमा सवार ललितपुर बस्ने स्वीकार रानाको मृत्यु भएको हो। 

त्यस्तै बाप्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल चालक काठमाडौंका उपकार थापाको हातखुट्टामा चोट लागेको छ। उनको टिचिङमा उपचार भइरहेको छ। 

सोही मोटरसाइकलमा सवार काठमाडौंका रितिक तिवारीको टाउकोमा चोट लागेको छ। उनको ग्रान्डी अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। 

दुवै जनाको उपचार भइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .