ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा सोमबार भएको सवारी दुर्घटनामा महिलाको ज्यान गएको छ।
बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२(०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका(२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1.6k
Shares

प्रतिक्रिया