ad ad

समाज


राशिफल ७ जेठ : मीनले आँटेको पूरा हुने, वृश्चिकको लक्ष्मी प्रसन्न हुने, तपाईँको के?

राशिफल ७ जेठ : मीनले आँटेको पूरा हुने, वृश्चिकको लक्ष्मी प्रसन्न हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ७, २०८१ सोमबार ४:६, काठमाडौँ

आज सोमबार, ७ जेठ २०८१ (२० मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : नयाँ काम सुरु गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। अचल सम्पत्ति हात पर्न सक्छ। खानपिनको विविध परिकार खान पाइनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : मन अस्थिर रहन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३९, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट : मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट फल मिल्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५१, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ। धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। रोकिएको धन हात पर्ला। शत्रुमाथि विजय मिल्ने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गर्ने। झुट नबोल्ने।

कन्या : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ रोजगारको अवसरले पछ्याउनेछ। सवारी साधन खरिद गर्ने योग छ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

तुला : यात्रामा बिघ्नबाधा आइलाग्नेछ। खानामा गडबडी हुन सक्छ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ। नयाँ ठाउँमा लगानी गर्नु उपलब्धिमूलक नहोला। अनावश्यक ठाउँमा धन खर्च हुनेछ, सकेसम्म जोगिनु होला।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : रमणीय र सुखद यात्राको योग छ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७८, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।

धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५४, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

मकर : ठीक समयमा सही निर्णय लिन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेमीको सहयोग पाइनेछ। धन हात लाग्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। सत्य बोल्ने।

कुम्भ : आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। यात्रामा मालसामान हराउन सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : नयाँ कामको योजना बन्नेछ। आँटेको कार्य पूरा होला। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। मन खुसी र प्रसन्न रहनेछ। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .