ad ad

समाज


जिग्मे पेल्देन दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो भुटानी

जिग्मे पेल्देन दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो भुटानी

नेपालखबर
जेठ ७, २०८१ सोमबार २३:३२, काठमाडौँ

जिग्मे पेल्देन दोर्जे विश्वको सर्वोच्च शिखर सगरमाथाको चुलीमा टेक्ने  पहिलो भुटानी बन्न सफल भएका छन्। २४ वर्षीय दोर्जे सोमबार (जेठ ७) बिहान साढे ९ बजे शिखरमा पुगेका थिए।

उनी शाही भुटानी सेनाका लफ्टन पनि हुन्।

उनी चार दिनअघि सगरमाथा आधार शिविरबाट उकालो लागेका थिए। सगरमाथामा उनको सफल आरोहणलाई लिएर भुटानमा ऐतिहासिक उपलब्धिका रुपमा लिइएको छ।    

सगरमाथाको चुचुरोमा उभिन पाउँदा एउटा भुटानीको रूपमा गौरवान्वित महसुस गरेको प्रतिक्रिया दोर्जेले दिएका छन्। उनलाई आरोहणमा सहजीकरण गरेको पायोनियर एड्भेन्चर प्रालिले दोर्जेलाई उद्धृत गर्दै लेखेको छ, ‘यो आरोहण मेरो देश, हाम्रा राजा र अन्वेषणको हाम्रो चिरस्थायी भावनाको सम्मान हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .