ad ad

समाज


मेषलाई श्री: प्राप्ति, कर्कटको घरव्यवहारमा झमेला, कुम्भ प्रेममा सफल, तपाईँको के? : ९ जेठको राशिफल

मेषलाई श्री: प्राप्ति,  कर्कटको घरव्यवहारमा झमेला, कुम्भ प्रेममा सफल, तपाईँको के? : ९ जेठको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ ९, २०८१ बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, ९ जेठ २०८१ (२२ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले साथ दिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ देवता खुसी हुनेछन्। झुट बोलेमा आफैँलाई हानि हुनेछ।

वृष : कुनै समाचारले मनमा शान्ति छाउनेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मिथुन : लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा राम्रो हुनेछ भने खैरो रङको प्रयोग त्यति फाप्ने देखिएन।

कर्कट : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। घरव्यवहारमा झमेला आउन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खानु राम्रो हुनेछ। तामसिक भोजन भने नगर्नु होला।

सिंह : प्रतिस्पर्धामा विजयी भइनेछ। सजिलै अरूको मन जित्न सकिनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग फाप्ने देखिएन।

कन्या : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। जटिल ठानिएको काम सम्पादन होला। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

वृश्चिक : लाभहानि, आयव्यय, सुखदु:ख बराबरी खालको दिन छ। दबाब र तनाव बढेको महसुस हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। सन्तान तथा परिवारमा मेलमिलाप राम्रै हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

धनु : धैर्यतापूर्वक काम गर्नुपर्ने देखिन्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। नोकरीबाट मानसम्मान मिल्नेछ। सफल यात्रा गर्ने अवसर जुट्नेछ। मित्रसँग मीठो भेटघाट रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। अरूलाई अनावश्यक दु:ख दिने काम नगर्नु होला।

मकर : कुनै समाचारले मनमा शान्ति छाउला। वाणीमा कुशलता आउने दिन परेको छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मीन : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। साँझमा भने सुखद भेट रहनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ, अत: सावधान रहनुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा २९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग पनि ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .