कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माविमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ।
कक्षा कोठामै छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्।
उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ। छात्रामा मास हिस्टेरियाको समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए।
“बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या हुन्छ,” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।”
स्वास्थ्य केन्द्रमा पुगेका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए।

प्रतिक्रिया