समाज


नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच

नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच

नेपालखबर
फागुन ११, २०७६ आइतबार ५:१५,

नेपालबाट जाने हवाईयात्रुहरुलाई भारतीय विमानस्थलमा कोरोना भाइरस भएनभएको स्क्रिनिङ (जाँच) गरेर मात्र प्रवेश दिने भारत सरकारले निर्णय गरेको छ।

शनिबार भारत सरकारको क्याविनेट सचिवस्तरको बैठकबाट भएको सो निर्णयअुनसार मुम्बईको विमानस्थलले सो निर्णयलाई कार्यान्वयन गर्न थालिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘मुम्बई विमानस्थलले मलेसिया, इण्डोनेसिया, भियतनाम र नेपालदेखि आएका हवाईयात्रुलाई स्क्रिनिङ गर्न थालिसकेको छ’ भारतको टाइम्स अफ इण्डियाले सो समाचार प्रकाशित गरेको छ। मलेसिया, नेपाल, सिंगापुर र थाइल्याण्डबाट जहाज आउने बैंगलोर विमानस्थलमा पनि यो छिटै लागुहुने सो समाचारमा जनाइएको छ।

‘युनिभर्सल स्क्रिनिङसम्बन्धी यसअघिको निर्देशिकाबाहेक थप विस्तृत पुनरावलोकनपछि काठमाडौं, इण्डोनेसिया, भियतनाम र मलेसियाबाट आउने हवाईयात्रुलाई पनि युनिभर्सल स्क्रिनिङ गर्ने योजना तय भएको छ,’ सो बैठकपछि भारत सरकारको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारतले आफ्ना नागरिकलाई अत्यावश्यक नभएसम्म सिंगापुरको भ्रमण नगर्न सुझाव दिएको छ।

शनिबारसम्म भारतले २१ हजार ८ सय ५ यात्रुलाई कम्युनिटी सर्विलेन्समा राखेको छ। त्यसबाहेक ३ लाख ९७ हजार १ सय ५२ हवाईयात्रु र समुन्द्री बन्दरगाहबाट आउने ९ हजार ६ सय ९५ यात्रुलाई स्क्रिनिङ गरिसकेको सो व्युरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad