ग्लोबल


कोरोनाको त्रास : इटलीमा आपतकाल घोषणा, एकदर्जन सहर बन्द

कोरोनाको त्रास : इटलीमा आपतकाल घोषणा, एकदर्जन सहर बन्द

नेपालखबर
फागुन ११, २०७६ आइतबार ४:५५,

युरोपमा कोरोनाभाइरस संक्रमित भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ।

कोरोना (कोभिड १९) का बिरामीको संख्या ७९ पुगेपछि शनिवार राती इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका बीबीसीले जनाएकाे छ।

यो घोषणा दुईजना इटालीयन नागरिकको कोभिड १९ का कारण मृत्यु भएपछि भएको हो।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरका झन्डै ५० हजार मानिसलाई घरभित्रै रहन भनिएको छ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधि निलम्बन गरिएको छ। आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। इटलीका अधिकारीले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ। यसबाट चीनबाहिर १४ सय भन्दा बढी संक्रमित पाइएका छन्। ११ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad