आज (मंगलबार) राति पनि देशका विभिन्न स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैबीच राति काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना १० प्रतिशत मात्र देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
मौसमविद्का अनुसार हाल नेपालको पूर्वी क्षेत्रमा रेमल चक्रवातको आंशिक प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायुको प्रभाव छ।
3.1k
Shares

प्रतिक्रिया