ad ad

समाज


आज यस्तो रङको पहिरन लगाउनुस्, आउनेछ व्यक्तित्वमा निखार : राशिफल १७ जेठ

आज यस्तो रङको पहिरन लगाउनुस्, आउनेछ व्यक्तित्वमा निखार : राशिफल १७ जेठ

पण्डित नारायणप्रसाद दुलाल
जेठ १७, २०८१ बिहिबार ४:४२, काठमाडौँ

आज बिहीबार, १७ जेठ २०८१ (३० मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शुभकार्यको चर्चा चल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धर्मकर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष : भ्रमणको योजना बन्नेछ। पुनर्मिलनको योग पनि रहेको छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मिथुन : नयाँ योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा विचार/विवेक बढेर जानेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : लगनशीलताले काम अगाडि बढ्नेछन्। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुपर्ने देखिन्छ। राज्यबाट मान सम्मान मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सत्य बोल्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : भाग्यले विभिन्न अवसर जुराउनेछ। आँटेको र ताकेको कार्य पूरा होला। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

वृश्चिक : हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। समय प्रतिकूल भई कुलतमा मन जान सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ५६, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : भोज-भतेरमा सहभागिताको अवसर मिल्नेछ। आफ्नो प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको बहकाउमा नलाग्ने।

मकर : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : आँटेको र ताकेको कार्य पूरा हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। रिसराग नियन्त्रण गर्न जरूरी छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। उत्तर दिशा नजाने।

मीन : राम्रो नतिजा हात पार्न काम दोहोर्‍याएर गर्नु पर्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा २९, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .