ad ad

समाज


सिरोहियालाई हाजिर जमानीमा छाड्ने तयारी

सिरोहियालाई हाजिर जमानीमा छाड्ने तयारी

नेपालखबर
जेठ १६, २०८१ बुधबार १९:५६, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले हाजिर जमानीमा छाड्ने भएको छ।

जिल्ला प्रहरी कार्यालयले धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने गरी प्रक्रिया अघि बढाएको छ।

प्रहरीले कागजात तयार गरेर सरकारी वकिल कार्यालयमा पठाएपछि छाड्ने तयारी भइरहेको संलग्न अधिकारीले बताएका छन्।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार, सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने अवस्था विद्यमान नरहेकोले हाजिर जमानीमा छाड्न लागिएको हो।

सिरोहियाको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनी विगत ६ दिनदेखि उपचारमा छन्। उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

जेठ ८ देखि प्रहरी नियन्त्रणमा रहेका उनको स्वास्थ्य स्थिति खस्किँदै गएपछि थप उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याइएको थियो।

उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरको काव्या अस्पतालमा भर्ना भएका थिए।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको थियो। 

पछिल्लोपल्ट सोमबार ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले अनुमति पाएको थियो। उक्त म्याद भोलि बिहीबार सकिँदै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .