समाज


तनावकैबीच सडक डिभिजनले थाल्यो न्युरोडको सडक पिच, महानगरलाई क्षतिपूर्ति भराइने

तनावकैबीच सडक डिभिजनले थाल्यो न्युरोडको सडक पिच, महानगरलाई क्षतिपूर्ति भराइने

तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २१, २०८१ सोमबार १२:१०, काठमाडौँ

सडक डिभिजन कार्यालय काठमाडौंले महारनगरलाई क्षतिपूर्ति भराउनेगरी न्युरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ। 

महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। 

सडक विभागले पिच गर्न थालेपछि महानगर प्रहरी समेत न्युरोड पुगेको छ। मेयर शाहका समर्थकहरूले महानगरलाई काम गर्न नदिएको भन्दै अवरोध गरिरहेका छन्। 

अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्। 

‘न्युरोड जस्तो क्षेत्रमा भद्रगोल भएसंगै हामी आफैले कालोपत्रे गर्न लागेका हौं,’ सडक डिभिजन कार्यालय काठमाडौँका इन्जिनियर प्रमोद खतिवडा भन्छन्, ‘कुल २१० मिटर लम्बाईमा कालोपत्रे हुँदैछ। दुवैतर्फ १.५ मिटर कटान गरिएको छ।’

सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो। 

‘सडक ऐन अन्तरगर्त कार्यबाहीको प्रक्रिया अगाडी बढाउँछौं जसमा क्षतिपूर्तिसहित कारबाही गछौं,’ खतिवडाले भने। 

कालोपत्रे भएसँगै कति मात्रै कति खर्च हुन्छ जानकारी हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad