समाज


स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

नेपालखबर
असार ६, २०८१ बिहिबार १७:४२, काठमाडौँ

रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

बिहीबार सशस्त्र प्रहरीको टोलीले भारतको पूर्वी चम्पारण मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय  युवकलाई पक्राउ गरेको हो।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो।

बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रशरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad