आज (बुधबार) सिन्धुपाल्चोकसहित देशका २१ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।
साथै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुमपश्चिम, रुकुमपूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि आज बहाव उल्लेख्य बढ्ने अनुमान रहेको महाशाखाले जनाएको छ।
यस्तै महाशाखाले आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
बाढीबारे विस्तृत जानकारी तल-
Shares
प्रतिक्रिया