समाज


कोरोनाभाइरसले ३ हजार बढीको ज्यान लियोे, विश्वभर ८९ हजार संक्रमित

कोरोनाभाइरसले ३ हजार बढीको ज्यान लियोे, विश्वभर ८९ हजार संक्रमित

नेपालखबर
फागुन १९, २०७६ सोमबार ७:५६,

सोमबार बिहानको तथ्यांकअनुसार विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ।

चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्।

चीनमा मात्र कोरोनाका कारण हालसम्म ८० हजार २६ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २ हजार ९१२ पुगेको छ।

चीनपछि कोरोनाबाट ग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ संक्रमितको संख्या ४ हजार २१२ पुग्दा २६ जनाको मृत्यु भइसकेको छ।

यस्तै इटालीमा १६ सय ९४ जना संक्रमित छन्। त्यहाँ ३४ को मृत्यु भएको छ। इरानमा ९७८ जना संक्रमित छन् ५४ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

यो पनि:

कोरोनाभाइरस के हो, यसको संकेत देखिए के गर्नुपर्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad