समाज


अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

नेपालखबर
साउन २९, २०८१ मंगलबार १९:४६, नवलपरासी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ।

सडक भासिएपछि आज विहानैदेखि पहाड कटान सुरु गरिएको थियो।

कटान कार्य आज पूरा नभएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो। सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो।

सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad