समाज


स्थानीय तहका अस्थायी कर्मचारीलाई स्थायी गर्ने कानून बनाउन सरकारलाई दबाब

स्थानीय तहका अस्थायी कर्मचारीलाई स्थायी गर्ने कानून बनाउन सरकारलाई दबाब

नेपालखबर
असार १८, २०७६ बुधबार १०:२५,

 स्थानीय तह कर्मचारी युनियन, नेपालले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिएको छ।

युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुँदे काठमाडौं घोषणा पत्रमा वर्र्षादेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख गरिएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनका अध्यक्ष नूरबहादुर साउदले आन्तरिक विशेष प्रतियोगिताका माध्यामबाट अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन र त्यसमा नपर्ने कर्मचारीहलाई जीवन निर्वाहका लागि आवश्यक सुविधासहित विदाई गर्न पनि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।

घोषणा पत्रमा स्थानीय तहका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्न पनि सरकारसँग माग गरिएको छ। त्यसैगरी कर्मचारीहरुको हक, हितका लागि सबै स्थानीय तहमा स्थानीय तह कर्मचारी युनियनको निर्वाचन गराउन पनि सरकारसँग माग गरिएको युनियनका अध्यक्ष साउदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad