समाज


नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, ३५ को मृत्यु सयभन्दा बढी घाइते

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, ३५ को मृत्यु सयभन्दा बढी घाइते

नेपालखबर
असार १८, २०७६ बुधबार १२:५,

स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अन्य १०१ जना घाइते भएका छन्।

बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो। सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ।

सिन्ह्वाका अनुसार ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन््।

सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापर्वाही तरिकाले ट्याङ्कर चलाएका थिए। त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए।

आगलागी हुनुभन्दा अगाडी कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो।

मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गरेको छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad