समाज


कोरोना प्रकोपः दक्षिण कोरियालाई उछिन्यो इटलीले

कोरोना प्रकोपः दक्षिण कोरियालाई उछिन्यो इटलीले

नेपालखबर
फागुन २६, २०७६ सोमबार ६:२१,

हाल इटलीमा ७ हजार ३७५ जना कोरोनाबाट संक्रमित छन्। चीनपछि सबैभन्दा बढी कोरोना संक्रमित देखिएको राष्ट्र दक्षिण कोरिया हो।

कोरियामा ७ हजार ३८२ जना संक्रमित छन्। तथ्यांक हेर्दा अब कोरियामा रहेका बिरामीहरु इटलीमा भन्दा ७ जनाले मात्र बढी हुन्।

तर मृतकको संख्या र संक्रमितलाई जोड्ने हो भने इटलीले दक्षिण कोरियालाई उछिनिसकेको छ।

कोरोनाका कारण कोरियामा हालसम्म ५१ जना मृत पुष्टि भएका छन्। तथ्यांक हेर्दा कोरियामा भन्दा इटलीमा ३१५ जना बढी मानिसको मृत्यु भइसकेको छ।

यसरी मृतकको संख्या र संक्रमित संख्यालाई जोड्ने हो भने इटलीमा हालसम्म ७ हजार ७४१ कोरोना प्रभावित भएको भेटिन्छन्।

त्यस्तै कोरियाको मृतक संख्या र संक्रमितलाई जोड्दा त्यहाँ हालसम्म ७ हजार ४३३ कोरोना प्रभावित भएको भेटिन्छन्।

यसको अर्थ कोरियामा भन्दा इटलीमा ३ सय ८ बढी व्यक्ति कोरोनाबाट प्रभावित भएका छन्। तर यीमध्ये केहीको मृत्यु भएका कारण तथ्यांकमा कोरियामा संक्रमित बढी देखिएको हो।

यतिबेला कोरियामा भन्दा इटलीमा कोरोना संक्रमितको दर बढी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad