समाज


ट्राफिकलाई पाँच हजार घुस दिने चालक पुगे प्रहरी खोरमा

ट्राफिकलाई पाँच हजार घुस दिने चालक पुगे प्रहरी खोरमा

नेपालखबर
फागुन २६, २०७६ सोमबार ६:०,

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरि नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।

मादक पदार्थ सेवन गरी सवारी चलाएका श्रेष्ठले आइतबार राति कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आफूलाई छाडिदिन आग्रह गर्दै पाँच हजार घुस दिएका थिए।

कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई कानुनविपरीत आर्थिक प्रलोभनमा पार्न खोज्दा नियन्त्रणमा लिएको महानगरीय ट्राफिक महाशाखाका प्रहरी वरिष्ट उपरीक्षक भीमप्रसाद ढकालले जनाकारी दिए।

ट्राफिक प्रहरीले आवश्यक अनुसन्धान र थप कारबाहीका लागि घुस रकम, सवारी साधन र चालकलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad