समाज


हाेली विशेष सुरक्षाः ट्राफिक नियम उल्लंघन गर्ने ५३ सवारीचालक कारबाहीमा

हाेली विशेष सुरक्षाः ट्राफिक नियम उल्लंघन गर्ने ५३ सवारीचालक कारबाहीमा

नेपालखबर
फागुन २६, २०७६ सोमबार ६:५४,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हाेलीलाइ मध्यनजर गर्दै चेकजाँच कडा पारेकाे छ। महाशाखाले बिहान १० बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५३ वटा सवारीसाधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरेकाे हाे। 

नियन्त्रणमा लिइएकामध्ये ६  वटा सवारीसाधनका चालकले मादक पदार्थ सेवन गरेकाे पाइएकाे महाशाखाले जनाएकाे छ। बाँकी सवारीचालक भने लापरबाही गरी सवारीसाधन चलाएकाे, कागजपत्र नभएकाे कारण कारबाहीमा परेका हुन्।

महाशाखाले हाेलीलाइ मध्यनजर गरी साेमबार ७७ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेकाे छ। 

महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउन यस्तो कदम चालेको हाे।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएकाे बताए।

ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको बताए ।

उपत्यकामा ५ सय ६६ जना ट्राफिक प्रहरी परिचालन भएकाे ढकालले बताए। 

हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad