लगभग यो वर्षको दसैँ अन्तिमतिर पुगेको छ। गत असोज १७ गते (घटस्थापना)बाट सुरु भएको नवरात्रीको अन्तिमतिर पुग्दैगर्दा दसैँ मनाउन गाउँ गएकाहरू पनि आफ्नो कर्मथलो फर्कने क्रम सुरु भएको छ।
दसैँ सुरु हुनलाग्दा देशभर परेको अविरल वर्षाका कारण यो पटक गाउँ जाने यात्रुहरू समस्यामा परे। विशेषगरी बीपी राजमार्ग अवरुद्ध हुँदा पूर्वका जिल्लाहरूमा जाने सर्वसाधारण समस्यामा परेका हुन्।
जसोतसो बीपी राजमार्गको अवरुद्ध सडक पार गरेका गाउँ पुगेकाहरू आइतबारदेखि सोही बाटोका अवरोध पन्छाउँदै कर्मथलो फर्कन थालेका छन्।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकामा पर्ने सडक खोलाले बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो बाटोमा वैकल्पिक मार्ग बनाएर अहिले सवारी आवागमन भइरहेको छ।
सोमबार दिउँसो पनि यस क्षेत्रमा कयौँ सवारी साधन खोलाको बगरै बगर बनाइएको वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गरिरहेका छन्।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले दिएको जानकारी अनुसार, भकुण्डेबेँसी बर्खेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक बाढीले बगाएको स्थानमा ट्र्याक निर्माण गरिएको छ।
भोलि मंगलबार (असोज २९) गतेबाट सवारी आवागमन अझै सहज हुने उनले बताएका छन्। खोलानजिकैका डाइभर्सनमा सुधार गरेर थप सहज गराउनेगरी काम भइरहेको उनले बताएका छन्।
तस्बिरहरूः
























Shares

प्रतिक्रिया