समाज


काठमाडौँको नयाँबस्तीमा एक पुरुषको हत्या, आरोपी तीन जना पक्राउ

काठमाडौँको नयाँबस्तीमा एक पुरुषको हत्या, आरोपी तीन जना पक्राउ

नेपालखबर
असोज ३०, २०८१ बुधबार १३:२, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा कुटपिटबाट एक पुरुषको हत्या भएको छ।

नयाँबस्तीको लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेतको लेकबेसी गाउँपालिका २ का ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

होमबहादुर हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ९ मा बसोबास गर्दै आएका थिए। 

स्थानीयले होमबहादुरलाई उक्त स्थानमा अचेत अवस्थामा फेला पारेका थिए। शरीरमा घाउचोट थियो। 

त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा पठाएको थियो। तर उनको मंगलबार दिउँसो साढे ३ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए। 

घटनाको अनुसन्धानका क्रममा उनको हत्या तीन जनाले गरेको खुलेको र उनीहरुलाई पनि पक्राउ गरिसकेको एसपी अधिकारीले बताए। कुटपिट गरी अचेत अवस्थामा भागेका तीनै जनालाई प्रहरीले मंगलबार बेलुका नै पक्राउ गरिसकेको छ। 

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका ५ घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ घर भई हाल कपन बस्ने ३५ वर्षका भुवन श्रेष्ठ र इलामको माई नगरपालिका २ घर भई हाल नयाँबस्ती बस्ने २७ वर्षकी बिमला भट्टराई हत्या आरोपमा पक्राउ परेका हुन्। 

उनीहरूलाई प्रहरी बृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad