समाज


झापामा बसको ठक्करबाट मोरङका ५५ वर्षीय राईको मृत्यु, स्थानीयले गरे तोडफोड र आगजनी

झापामा बसको ठक्करबाट मोरङका ५५ वर्षीय राईको मृत्यु, स्थानीयले गरे तोडफोड र आगजनी

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:३०, काठमाडौँ

पूर्व पश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका–५ पाडाजुंगी रवि पेट्रोल पम्प नजिकैको सडकमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन्।

बस चालक जिल्ला घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान  गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad