कुनै समयका प्रभावशाली हलिउड निर्माता हार्भी वाइन्स्टिनलाई बलात्कार तथा आपराधिक यौन क्रियाकलाप मुद्दामा अदालतले २३ वर्ष जेल सजाय सुनाएको छ।
यो फैसलालाई मी टु आन्दोलनको कोशेढुंगोका रुपमा हेरिएको छ। मी टू आन्दोलनपछि दोषी साबित हुने उनी सबैभन्दा शक्तिशाली व्यक्ति हुन्।
न्युयोर्कमा भएको सुनुवाइमा २५ फेब्रुअरीमा उनी दोषी ठहर भएका थिए।
म्यानहटनस्थि अदालतमा ह्विलचेयरमा बसेर बुधबार उनी फैसला सुन्न पुगेका थिए।
न्यायाधीशसामु उनलाई कम्तीमा ५ देखि बढीमा २९ वर्षसम्मको जेल सजाय सुनाउने विकल्प थिए।
अक्टोबर २०१७ यता दर्जनौँ महिलाले आफूमाथि वाइन्स्टिनले दुर्व्यवहार गरेको आरोप लगाएका थिए। उनले ती आरोप अस्वीकार गर्दै आएका थिए।
सन् २०१३ मा अभिनेत्री जेसिका म्यानलाई न्युयोर्कको होटल कोठामा बलात्कार गरेको र निर्माण सहायक मिरियम हेलीलाई सन् २००६ मा मुख मैथुन गर्न बाध्य बनाएको आरोपमा उनलाई दोषी ठहर गरिएको हो। एजेन्सी
Shares

प्रतिक्रिया