समाज


अस्पतालबाट यसरी बिदा भइन् प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा

अस्पतालबाट यसरी बिदा भइन् प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा

नेपालखबर
फागुन २८, २०७६ बुधबार १५:२२,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला दान गर्ने महिला समीक्षा संग्राैला बुधबार साँझ अस्पतालबाट डिस्चार्ज भएकी छन्।

डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। डिस्चार्ज भएकी समीक्षाको स्वास्थ्य अवस्था राम्रो रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

SamikshyaSangraula 2

डिस्चार्जअघि आफूलाई भेट्न आएकी समीक्षालाई प्रधानमन्त्री ओलीले मिर्गौला दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। फागुन २१ गते ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान गर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री सोहि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् भने संग्रौला डिस्चार्ज भएकी हुन्।

उनलाई बधाई दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रधानमन्त्रीज्यूलाई नयाँ जीवन दिएर महानताकाे दृष्टान्त बन्नुभएकाे छ। १० दिन अस्पताल बसेर पूर्ण स्वस्थ भई आज डिस्चार्ज हुनुभएकाेमा विशेष बधाई र स्वस्थ जीवनकाे शुभकामना।'

SamikshyaSangraula 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad