धनुषामा ढुंगा प्रहार गरी एकजनाको हत्या भएको छ। शहीद नगरपालिका ३ यदुकोहाका ५५ वर्षीय राजकिशोर मण्डलको सुतेकै ठाउँमा ढुंगा प्रहार गरि हत्या भएको हो।
आफ्नो फुसको घरमा सुतिरहेका बेला बुधबार विहान मृत भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। अनुहारमा ढुंगा प्रहार भएकोले हत्या जस्तै शंकास्पद देखिएको उनको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा कान्छी श्रीमती र उनका प्रेमीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनकी कान्छी श्रीमतीको गाउँकै एक युवकसँग अवैध सम्बन्ध रहेको शंका गरिएकाले ती दुवै जनाले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया