समाज


सात महिनादेखि तलब नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलनमा

सात महिनादेखि तलब नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलनमा

नेपालखबर
असार २, २०८३ मंगलबार १६:३, काठमाडौँ

मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। 

उनीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना दिएका छन्। गत कात्तिकदेखि हालसम्मको तलब र चाडपर्व भत्ता नपाएको उनीहरूले बताएका छन्। 

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सडक संघर्षमा उत्रिनु परेको प्रयोगशालाकर्मी अनिल महतोले बताए। 

संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायहरूलाई पटक-पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। आन्दोलनरत कर्मचारीले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका छन्। 

उनीहरूले रोकिएको तलब भुक्तानी, सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्। आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र कडा बनाउने चेतावनी समेत प्रयोगशालाकर्मीले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad