समाज


राशिफल १६ कात्तिक : प्रेममा ठक्कर खाँदा कर्कटको मन कमजोर रहने, मीनले हचुवामा वचन दिँदा अप्ठेरोमा पर्ने, तपाईँको के?

राशिफल १६ कात्तिक : प्रेममा ठक्कर खाँदा कर्कटको मन कमजोर रहने, मीनले हचुवामा वचन दिँदा अप्ठेरोमा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
कात्तिक १६, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, १६ कात्तिक २०८१ (१ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृष : आत्मिक सन्तुष्टि मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। नयाँ कार्यको थालनी होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। मिहिनेतको नतिजा राम्रो आउनेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने। 

मिथुन : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। लाभहानि बराबरी रहनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मित्रसँग मिठो भेटघाट रहला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। घर व्यवहारमा झमेला आउन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय छ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा पनि  र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

सिंह : अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

तुला : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीको सहयोग पाइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने। 

वृश्चिक : अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउने योग छ। साँझमा सुखद भेट रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। शुभकार्यको चर्चा रहला। मित्रबाट विशेष सहयोग मिल्नेछ। सुखसुविधा भोग गर्न पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने। 

मकर : पठनपाठनमा प्रगति हुनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्त हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने। 

कुम्भ : भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। शुभ कार्यमा मन जानेछ। सुखसुविधा भोग गर्न पाइनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : मिश्रित फल मिल्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। हचुवामा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। शैक्षिक पक्ष पनि कमजोर हुनेछ। सन्तान तथा परिवारमा मेलमिलाप राम्रै हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad