कोरोना भाइरसको संक्रमणले अण्डकोषमा क्षति पुर्याएर पुरुषहरुको प्रजनन् स्वास्थ्यमा असर पार्नसक्ने चिनियाँ विज्ञहरुले बताएका छन्।
त्यसैले भाइरसबाट संक्रमित व्यक्तिहरुले शुक्रकीटको गुणस्तर र हर्मोनको मात्र मापन गराउन पनि उनीहरुले सुझाएका छन्।
वुहानस्थित तोङ्जी मेडिकल कलेजका प्राध्यापक ली युफेङको नेतृत्वमा रहेको चिकित्सकहरुले खासगरी बच्चा जन्माउन चाहने पुरुषहरुले संक्रमण निको भएपछि यससम्बन्धी परीक्षण गराउन सिफारिस गरेका हुन्।
उनीहरुले लेखेको रिपोर्ट अस्पतालको वेबसाइटमा प्रकाशित गरिएको थियो। तर, चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएपछि पछि त्यसलाई हटाइएको थियो।
एस प्रोटिन र एन्जियोटेन्सिन कन्भर्टिङ एन्जाइम २ (एस२) का माध्यमबाट कोरोना भाइरसले शरीरका कोषहरुमा आक्रमण गर्ने चिकित्सकहरुको भनाइ छ।
एस२ ले फोक्सो, अण्डकोष, सानो आन्द्रा, मिर्गौला, मुटु र थाइराइडलाई पनि असर पार्न सक्छ।
अण्डकोषमा ठूलो मात्रामा एस२ जम्मा भए त्यसले प्रजनन् क्षमतालाई क्षति पुर्याउँछ।
यद्यपि यसलाई पुष्टि गर्ने कुनै अध्ययन भएका छैनन्।
ग्लोबल टाइम्सबाट
Shares

प्रतिक्रिया