आज मंगलबार, २७ कात्तिक २०८१ (१२ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूको कुभलो नगर्ने।
वृष : नयाँ कार्यको योजना बन्नेछ। धर्मकर्ममा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट सहयोग मिल्नेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ। पुनर्मिलनको योग पनि छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट : मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम फत्ते हुनेछ। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका छ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय आएको छ। कृषि कर्ममा मन जानेछ।
भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : अनावश्यक ठाउँमा धन खर्च हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य भने अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। पीर नलिने।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। सेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रोजगारीको अवसर मिल्नेछ। रमाइलो यात्राको योग छ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। घरमा पाहुनाको आगमन हुने सम्भावना छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : साथीभाइबाट धोका हुन सक्छ, सचेत हुनुपर्छ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। वैदेशिक काम भने सफल रहनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा पनि ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। राम्रै धन हात पर्न सक्छ। खानपान र स्वास्थ्यप्रति भने सजग रहन आवश्यक छ।
भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा सफल भइनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन : जोस, जाँगर र हिम्मत बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
Shares

प्रतिक्रिया