समाज


काठमाडौं महानगरद्वारा ‘असुरक्षित बालगृह’बाट बालबालिकाको उद्धार

काठमाडौं महानगरद्वारा ‘असुरक्षित बालगृह’बाट बालबालिकाको उद्धार

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १९:७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले जोखिमपूर्ण श्रमबाट १ जना बालक र असुरक्षित बाल गृहबाट ११ जना बालबालिकाको उद्धार गरेको छ।

मंगलबार वडा नंं १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकको उद्धार गरेको हो।

यस्तै, बुधबार महानगरपालिका वडा नं. २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र १ जना बालिका सबैको उद्धार गरियो।

उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषदले सबै बालबालिकाको अस्थायी संरक्षणको व्यवस्था मिलाएको छ।

महानगरपालिकाले पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको थियो।

पहिलो चरणमा उद्धार गरिएका बालबालिकाहरूको व्यवस्थापन गरिसकेको जनाएको छ। दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको छ।

उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको र परिवारमा फर्काउँदा सर्वोत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्यउपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको महागरले जनाएको छ।

उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad