समाज


राशिफल १ मंसिर : कन्याको आफन्तसँग पुनर्मिलन हुने, कुम्भको काममा नजिककै व्यक्तिले भाँजो हाल्ने, तपाईँको के?

राशिफल १ मंसिर : कन्याको आफन्तसँग पुनर्मिलन हुने, कुम्भको काममा नजिककै व्यक्तिले भाँजो हाल्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर १, २०८१ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, १ मंसिर २०८१ (१६ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कुनै कुराले प्रसन्नता छाउनेछ। व्यावसायिक कामबाट सामान्य फाइदा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। इष्टमित्र कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

वृष : स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। सेवामूलक काम गरेवापत् मानसम्मान मिल्नेछ। प्रतिष्ठामा पनि वृद्धि हुनेछ। घरमा अतिथिको आगमन हुनेछ, पारिवारिक भेटघाटमा व्यस्त भइएला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा चाहिँ सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सामान हराउने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। शुभ कार्यमा सहभागी भइएला। स्वास्थ्यमा खर्च बढ्ने योग छ। विगतका समस्या बल्झिन सक्छन्। साँझमा कार्य सम्पादन हुन सक्छ। भ्रमणको योजना पनि बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : कार्यसिद्धिको योग छ। आँटे-ताकेको कार्य पूरा होला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुनेछ। दिनको उत्तरार्धमा भने खर्च बढ्नेछ। पारिवारिक खुसीमा खर्च गरिनेछ। स्वास्थ्य राम्रो रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या : आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएका काम सुचारु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

तुला : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

वृश्चिक : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। रोकिएका काम सम्पन्न हुनेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु : आयव्यय बराबरी रहनेछ। साहस र हिम्मत बढ्नेछ। नयाँ कामको योजना बन्ला। कृषि कार्यबाट बढी लाभ मिल्नेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुन्छ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मकर : शुभ र नयाँ कार्यको योजना बन्नेछ। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफल भइनेछ। प्रतिस्पर्धाबाट फाइदा हुन्छ। परिवारसँग रमाइलो भेटघाट होला। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्छ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मीन : विशिष्ट व्यक्तिको साथ पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। निर्माणको कार्य अघि बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad