समाज


मेषको मन प्रसन्न रहने, वृषलाई यात्राको अवसर मिल्ने, तपाईँको के? हेर्नुस् २ मंसिरको राशिफल

मेषको मन प्रसन्न रहने, वृषलाई यात्राको अवसर मिल्ने, तपाईँको के? हेर्नुस् २ मंसिरको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
मंसिर २, २०८१ आइतबार ४:३६, काठमाडौँ

आज आइतबार, २ मंसिर २०८१ (१७ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आफन्त वा इष्टमित्रलाई सन्तान लाभ हुनसक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

वृष: स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क २रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

मिथुन: सामान हराउने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। शुभ कार्यमा सहभागी भइएला। स्वास्थ्यमा खर्च बढ्ने योग छ। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा कार्य सम्पादन हुनसक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२,सेयर बजारमा ५६, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने। 

कर्कट: कार्य सिद्धिको योग छ। आँटेको र ताकेको कार्य पूरा होला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

सिंह: नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। लामो यात्रा सुखद् र सफल हुनेछ। खानपिनमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९,सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

कन्या: आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला।  

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२,सेयर बजारमा ४२,  वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

तुला: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। निर्णय कार्यान्वयन हुन नसक्ला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्नसक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।  

वृश्चिक: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ। प्रशासनिक निकायको भय रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने। 

धनु: लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ। साहस र हिम्मत बढ्नेछ। नयाँ कामको योजना बन्ला। कृषि कार्यबाट बढी लाभ मिल्नेछ। बलभन्दा बुद्धिले विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

मकर: शुभ र नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्ति ट सहयोग मिल्नेछ प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। साँझमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

कुम्भ: नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकfलाई भोजन दिने। झुट नबोल्ने।

मीन: विशिष्ट व्यक्तिको साथ पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। निर्माणको कार्य अघि बढ्नेछ। सहयोगीहरूले साथ दिँदा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। स्वादिष्ट भोजन पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८, र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad