समाज


जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा

जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा

नेपालखबर
मंसिर २, २०८१ आइतबार २१:४९, काठमाडौँ

सोमबारदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ। पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि लगायतका विशिष्टीकृत विषयमा परामर्श गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजक सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्काएफ) नेपालले जनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्काएफ अध्यक्ष ठाकुरप्रसाद शर्माले सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिले भाग लिने जानकारी दिए। यसअघि सन् २००९ मा नेपालले यस्तै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उनले बताए।

सम्मेलनमा सातवटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमको सारांश प्रतिवेदन सरकारलाई समेत बुझाइने जनाइएको छ। सम्मेलनलाई विश्वभरिका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकका अध्यक्ष क्याथरिन काराकात्सानीसले पनि सम्बोधन गर्ने कार्यक्रम छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad