काठमाडौँमा वुमेन अफ द वर्ल्ड (वाउ) फेस्टिभल नेपाल हुने भएको छ। काठमाडौँस्थित नक्सालको नन्दीकेशर वगैंचा (नारायण चौर) मा मंसिर ८ र ९ गते फेस्टिभलको सातौं संस्करण हुन लागेको हो।
काठमाडौँमा मंगलबार कार्यक्रमबीच फेस्टिभलको घोषणा गरिएको हो। ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो।
महिला, बालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोजे प्रयास गर्नु यसको मुख्य उद्देश्य हो। लैंगिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ।
उप–प्रमुख सुनिता ढंगोलले महानगरले लैंगिक हिंसाको विषयमा सम्बोधन गर्दै आएको बताउँदै महिलाको उत्सवको रुपमा मनाउन फेस्टिभलसँग जोडिएको सुनाइन्।
‘विशेषगरी हामीले लैंगिकताका आधारमा हुने हिंसाहरुलाई कसरी सम्बोधन गर्ने भनेर ३२ वटामानै महिला सञ्जालर महिला केन्द्र स्थापना गरेका छौं। जुन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लैंगिकतासँग जोडिएको छ,’ उनले भनिन्, ‘१६ दिने अभियानमा पनि विभिन्न कार्यक्रमहरु गर्दैछौं।’
यसैगरी ब्रिटिस काउन्सिलका कन्ट्री डिरेक्टर रुस्तम मोदीले उक्त महोत्सव एक कार्यक्रममात्र नभई महिलालाई अवसर दिने स्थान भएको बताए।
वाउ महोत्सव, समानता र लैंगिकताबारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो। प्रवेश निशुल्क गरिएको महोत्सवमा १० हजारबढी व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।
उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्ने महोत्सवमा कलाकारहरुको प्रस्तुति रहनेछ। कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, सुवानी मोक्तान, रचना दाहाल, कलाकार गौमाया गुरुङसहित २ सयभन्दा धेरै महिला कलाकारले प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
२ दिन चल्ने महोत्सवमा बिहान योग र आत्मरक्षासम्बन्धि क्रियाक्लापहरु हुनेछन्। त्यसैगरि, चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको विक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम संचालन हुनेछन्।
Shares

प्रतिक्रिया