आज बिहीबार, ६ मंसिर २०८१ (२१ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : लाभहानि, सुखदुःख मध्यम रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ। ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृष : चलाख्याईँले सङ्कल्पसिद्ध हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पुँजी बजारबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन : लामो यात्रा सुखद र सफल रहनेछ। परिश्रमको फल राम्रै प्राप्त हुनेछ। व्यावसायिक काममा फड्को मार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट : नसोचेको ठाउँबाट धनागम हुनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
सिंह : मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत हुनु पर्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। चोटपटकको भय छ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। ठीक समयमा सही निर्णय लिँदा फाइदैफाइदा हुनेछ। नयाँ व्यक्तिसँग सामीप्यता बढ्नेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ। सेयरबजार र व्यापार व्यवसायबाट भने औसत लाभ हुनेछ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
तुला : विनाप्रतिस्पर्धा फाइदा हुनेछ। शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृश्चिक : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट होला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
धनु : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा समस्या देखिनेछ, चोटपटक लाग्न सक्ने सम्भावना छ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन्।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मकर : समाजसेवामा मन लाग्नेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त होला। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ : रोकिएका काम पुनः सुरु हुनेछन्। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। परिवारसँग रमाइलो भेटघाट होला। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। समग्रमा दिन सकारात्मक छ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन : रमाइलो यात्राको योग रहेको छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयरबजारबाट फाइदा हुनेछ। आर्थिक क्षेत्रको लगानी फलदायी रहनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका उच्च विन्दुमा रहनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया