फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज हुने भएको छ। गत वर्ष रिलिज भएको यो फिल्म स्पेनिस भाषामा डबिङ गरेर अमेजन प्राइनमा स्ट्रिमिङ हुन लागेको हो।
‘१९१५ लेजेन्ड अफ गोर्खाज’ नामबाट आउने यो फिल्म ९० देशबाट हेर्न पाइनेछ। प्रदीप शाही निर्देशित यो फिल्म पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित छ।
गत वर्ष रिलिज भएको यस फिल्ममा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ। फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ।
फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्। शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्।
यसअघि अंग्रेजी भाषामा फिल्म अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिएको थियो। फिल्मको पूरै सुटिङ बेलायतमा गरिएको थियो।
प्रदीपले यसअघि ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए। हालै छायांकन सकिएको उनी निर्देशित आगामी फिल्म ‘एक्लो’ यतिखेर पोस्टप्रोडक्सनमा छ।
Shares

प्रतिक्रिया