वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
गिताले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
150
Shares

प्रतिक्रिया